देशभित्र विद्युत खपत गर्ने सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

देशभित्र विद्युत खपत गर्ने सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र विद्युत खपत गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। 

आइतबार बिहान काठमाडौंको याक एण्ड यति होटलमा आयोजित ‘बीआरआईको एक दशक : व्यापार,लगानी र सम्पर्क सञ्चाल’ विषयक सेमिनारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युत व्यापार नभइ देशभित्र विद्युत खपत गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन्।

‘सरकारको प्राथमिकता देशभित्र विद्युत खपत गर्ने नै हो। विद्युतको व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन। विद्युत खपत गर्ने क्यापासिटी कति छ र यसको कसरी विकास गर्ने भन्ने हो।’, उनले भने।

प्रधानमन्त्री दाहालले प्राकृति स्रोत साधनको सदुपयोग गरेर  नेपाल अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्ने बताए। 

उनले विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो  रहेको बताउँदै बीआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुने बताए।

प्रधानमन्त्री दाहालले चीन, नेपाल र भारतबीचमा त्रीदेशीय साझेदारी विकास हुनु जरूरी रहेको बताए। 


 

असोज २१, २०८० आइतबार ११:३५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।