सुक्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध

सुक्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध
फाइल फोटो

तनहुँ : तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

हाल जेसीबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइएको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन बीचमै रोकिएका छन्।  

असोज २१, २०८० आइतबार ०९:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।