सुरुमा एक गोल खाएको चेल्सीले बर्नलेलाई पछि ४ गोल ठोक्यो
एजेन्सी : चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नलेलाई ४-१ ले पराजित गरेको छ। शनिबार राति भएको खेलमा चेल्सीले सुरुमा एक गोल खाए पनि पुनरागमन जित निकाल्यो।
खेलको १५ औं मिनेटमा ओडोबेर्टले गोल गर्दै घरेलु टोली बर्नलेलाई अग्रता दिलाएका थिए।
यसपछि पहिलो हाफको अन्त्य तिर आत्मघाती गोल उपहार पाएको चेल्सीका लागि दोस्रो हाफमा कोल पाल्मर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले १/१ गोल गरे।
खराब फर्मका रहेको चेल्सी यो जितपछि ८ खेलबाट ११ अंकसहित दशौं स्थानमा उक्लिएको छ।
असोज २१, २०८० आइतबार ०९:२८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।