जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति भएको अनुमान

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति भएको अनुमान
तस्बिर : युथ अफ मलंगवा

जनकपुर : गए राति जनकपुरमा रहेको बिग मार्टमा ठूलो आगलागी भएको छ।  जनकपुर उपमहानगरपालिका–९ जनकपुरधामको रामानन्द चोकमा रहेको बिग मार्टमा राति करिब १२ बजेदेखि आगलागी सुरु भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अकस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ। आगलागीबाट बिग मार्टमा रहेको सामान सबै जलेको छ भने करोडौंको क्षति भएको अनुमान छ।​​​​​​​ 

जनकपुरधाम उपमहानगरपालिका लगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी बताए। उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए।

आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ।

असोज २१, २०८० आइतबार ०८:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।