आज सामान्यतया मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

आज सामान्यतया मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २१, २०८० आइतबार ०७:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।