उकेरा टप फाइभ : डा. कुञ्जाङको उपचार अनुभवदेखि हमासको रकेट आक्रमणमा परेर नौ नेपाली घाइते भएकोसम्म

उकेरा टप फाइभ : डा. कुञ्जाङको उपचार अनुभवदेखि हमासको रकेट आक्रमणमा परेर नौ नेपाली घाइते भएकोसम्म

काठमाडौं : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभा बैठकमा राजीनामा दिए। विश्वासको मत लिनका लागि बोलाएको बैठकमा उनले राजीनामा दिने घोषणा गरे। विश्वासको मत पाउने स्थिति नबनेपछि उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठकको बाटो खोलिदिए।

शनिबार नै इरायलमा चरमपन्थी समूह हमासले रकेट आक्रमण गर्यो। सात हजार रकेट आक्रमणमा परेर अहिलेसम्म ४० भन्दा बढी मानिसको मृत्यु भयो भने सयौं घाइते छन्। उक्त आक्रमणमा नेपालका ९ जना घाइते भएको र जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलको राजदूतलाई उद्धृत गर्दै नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शनिबार बिहान बुटवल–नारायणगढ सडकको दूरावस्थाको बारेमा तस्बिरहरूसहितको समाचार छाप्यो। ११४ किलोमिटर दुरी पार गर्न कम्तीमा पाँच घण्टा लाग्ने भएको छ अहिले यो सडक खण्डमा।
पूरा समाचारः बुटवल-नारायणगढ सडकको दुरावस्था हेर्न चौराह गए पुग्छ (तस्बिरहरू)

बिहानै उकेराले सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको समाचार लेख्यो। काठमाडौं उपत्यकामा  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आठ बिक्री केन्द्रसहित ३५ र उपत्यकाबाहिर ४८ गरी ८३ पसल सञ्चालन हुन लागेको  हो।
पूरा समाचारः आइतबारदेखि चाडपर्व लक्षित ८३ सस्तो पसल देशभर सञ्चालन हुने

नियमित स्तम्भ डाक्टरको सुखदुःखमा उकेराले आज मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पाको उपचार अनुभव समेट्यो। विशेषगरी मुटुसम्बन्धी समस्या भएर अस्पताल पुगेका बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो। उनै कुञ्जाङले चिकित्सकीय पेशाको सिलशीलामा देखे भोगेका तीतामीठा अनुभव उकेरासँग साटेका छन्।
पूरा समाचारः मुटुरोग विशेषज्ञ डा. कुञ्जाङको उपचार अनुभवः बिहेको पार्टीमा नाच्दा-नाच्दै ढलेकी ६५ वर्षीया वृद्धालाई आईसीडीले बचायो

शनिबार दिउँसो उकेराले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएको समाचार लेख्यो। एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन्।
पूरा समाचारः राजीनामा दिँदै कोशीका मुख्यमन्त्रीले भने– मध्यावधि निर्वाचन रोक्न जस्तो सुकै त्याग गर्न एमाले तयार छ

राति उकेराले इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको समाचार लेख्यो। तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो।
पूरा समाचारः इजरायलमा नौ नेपाली घाइते छन्, दुई जनाको अवस्था गम्भीर छः परराष्ट्र मन्त्रालय

असोज २०, २०८० शनिबार २१:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।