नेपालमा जम्दै बोश, अब्बल डिजेल सेवा दिने प्रतिबद्धता

नेपालमा जम्दै बोश, अब्बल डिजेल सेवा दिने प्रतिबद्धता

काठमाडौं : नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोशले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनस्र्थापित गरेको छ।

प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले बजारमा लगानी जारी राख्नेछ भने अब्बल डिजेल सर्भिस दिनेछ।

आफ्नो पहिलो भ्रमणमा, भारतमा बोश समूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले नेपालमा डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरूको विस्तृत श्रृंखला प्रदान गर्दै आएको थियो।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रूपमा बोशले काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस (बीडीएस) साझेदारहरूको भेला आयोजना गरेको छ। भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरू, नेपालमा यसका बीडीएस साझेदारहरू र प्रमुख अटो ओईएमहरू सहित करिब ६५ जना सहभागी थिए।

कार्यक्रममा बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले अटोमोटिभ सेग्मेन्टमा बोश हरेक प्रदेशको तीन हजारभन्दा बढी डिलर रहेको बताए। आर्थिक साझेदारसँगको सहकार्य विस्तारले यस क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्ने उनको भनाइ छ।

‘मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ र बिक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ,’ उनले भने, ‘सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन्।’

असोज २०, २०८० शनिबार १९:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।