हमासको सात हजार रकेट आक्रमणमा २२ इजरायली नागरिकको मृत्यु

हमासको सात हजार रकेट आक्रमणमा २२ इजरायली नागरिकको मृत्यु

एजेन्सी : इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्।

अस्पतालमा सयौंको उपचार भइरहेको छ। इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ।

चरमपन्थी संगठन हमासले आइतबार बिहान इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण गरेको छ।

हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध भएको र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन्।

सम्बन्धित समाचारहरू:-

असोज २०, २०८० शनिबार १६:१३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।