विश्वकप क्रिकेटमा अफगानिस्तान १५६ रनमै अलआउट

विश्वकप क्रिकेटमा अफगानिस्तान १५६ रनमै अलआउट

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई १५७ रनको लक्ष्य दिएको छ।

धर्मशाला क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएपछि बंगलादेशले १५७ रनको लक्ष्य पाएको हो।

उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाउँदा अजमतुल्लाह ओमरजाइ र इब्राहिम जद्रानले समान २२-२२ रन जोडे।

रहमत शाह र हसमतुल्लाह शाहिदीले पनि समान १८-१८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकले रन जोड्न सकेनन्।

बंगलादेशका म्हेदी हसन मिराज र सकिब अल हसनले समान तीन-तीन विकेट लिँदा शोरिफुल इस्लामले दुई तथा मुस्ताफिजुर रहमान र टस्किन अहमदले समान एक-एक विकेट लिए।

बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी विश्वकपमा बंगलादेश र अफगानिस्तानको यो पहिलो खेल हो।

असोज २०, २०८० शनिबार १३:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।