श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

दाङ : दाङमा सल्यानका युवकले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन्।

सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षीय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्या गरी झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि शनिबार बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ढोका फोडेर हेर्दा सुशील पङ्खामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो।

पवित्राको टाउको गम्भीर चोट देखिएको छ। सुशीलले श्रीमतीको कुटपिट गरी हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रहरीका अनुसार सुशील दम्पती करिब डेढ महिना अघि बेलुवाका धनबहादुर राम्जाको घरमा डेरागरी बस्दै आएका थिए। उनीहरू दुवैले मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूको शव पोष्टमार्टमकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

असोज २०, २०८० शनिबार १३:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।