एसियाली खेलकुद पुरुष क्रिकेट फाइनलमा भारतले टस जित्यो

एसियाली खेलकुद पुरुष क्रिकेट फाइनलमा भारतले टस जित्यो

काठमाडौं : चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदअन्तर्गत शनिबार पुरुष क्रिकेटको फाइनल खेल हुँदैछ।

यो खेल भारत र अफगानिस्तानबीच खेल हुनेछ।

फाइनल खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

अफगानिस्तानको टोलीले पहिले ब्याटिङ गर्नेछ।

शुक्रबार भएको सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

असोज २०, २०८० शनिबार १२:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।