इजरायलका धेरै क्षेत्रमा रकेट आक्रमणको चेतावनी दिने साइरन बज्यो

इजरायलका धेरै क्षेत्रमा रकेट आक्रमणको चेतावनी दिने साइरन बज्यो

एजेन्सी : इजरायलका धेरै शहरहरूमा रकेट आक्रमणको चेतावनी दिने साइरन सुनिएको छ।

दक्षिणी गाजा र तेल अवीव नजिकका क्षेत्रमा आक्रमणको चेतावनी दिने साइरन केही मिनेटसम्म बजिरहेको थियो।

देशको दक्षिणी र मध्य क्षेत्रका धेरै शहरहरूमा चेतावनी साइरन सुनिएको छ। यी क्षेत्रका मानिसहरूले विस्फोटको आवाज सुनेका छन्।

यस्ता धेरै भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् जसमा गाजाबाट रकेट आक्रमण भएको दाबी गरिएको छ। तर, यी कुरा तत्काल पुष्टि हुन सकेको छैन।

इजरायल डिफेन्स फोर्सले अझै जानकारी दिएको छैन र जानकारीको समीक्षा भइरहेको बताएको छ।

यसैबीच गाजाको शिक्षा मन्त्रालयले शनिबार सबै विद्यालयमा बिदा दिएको छ।

असोज २०, २०८० शनिबार ११:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।