संवैधानिक संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई विवेकशील साझाको आग्रह

संवैधानिक संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई विवेकशील साझाको आग्रह

काठमाडौं : विवेकशील साझा पार्टीका पदाधिकारी, लेभेटेर र अध्यक्षसहितले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रवर्द्धन अभियान’ बारे ध्यानाकर्षण गराएका छन्।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति, अदालत र यसको आधारशिला भएका संवैधानिक निकायको गरिमा कायम राख्न राष्ट्रपतिको विशेष कर्तव्य भएको बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थिरता र विकास, लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको आकांक्षा पूरा गर्न संवैधानिक निकायको भूमिका महत्वपूर्ण हुने भएकाले विवेकशील साझाले यी संस्थाहरूलाई गुटबन्दीबाट मुक्त गर्नुपर्नेमा राष्ट्रपतिलाई जानकारी गराएको हो।

प्रतिनिधिमण्डलले संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सहमति ल्याउन पहल गर्न सबै दललाई भूमिका खेल्न आग्रह समेत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशकको संघर्षपछि प्राप्त भएको नेपालको संविधानको संरक्षण र सम्बर्द्धन गर्दै मुलुकको समृद्धिमा केन्द्रित रहेको बताए।

असोज २०, २०८० शनिबार ०९:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।