काठमाडौं र ओखलढुङ्गाका यी स्थानमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं र ओखलढुङ्गाका यी स्थानमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने
फाइल तस्बिर

काठमाडौं : नेपाल विद्युत् प्राधिरणको काठमाडौंको बालाजु विरतण केन्द्र र ओखलढुङ्गाको ओखलढुङ्गा विरण केन्द्रका केही स्थानमा शनिबार विद्युत् आपूर्ति बन्द हुने भएको छ।

बालाजु वितरण केन्द्रको बालाजु-विष्णुमति फिडर अन्तर्गत पर्ने गुणस्तर विभाग देखि नागर्जुन पार्टी प्यालेस एरियामा हाइटेन्सन कन्डक्टर अपग्रेडिङ काम गर्नुपर्ने भएकाले शनिबार विहान ९ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ।

सटडाउनका कारण बालाजु औद्योगिक क्षेत्र, बालाजु चोक, गंगाहल, माछापोखरी, वसन्तनगर, बाइपास, कुमारीथान, मनमैजु हिलेडोल,मानसिङ्ग स्कुल, छन्त्याल संघ, इन्दे्रणी पुल, नापीकार्यालय, शुभकामना स्कुल, लोकतान्त्रिकचोक, मनमैजु पुल, गुम्बाचौकी लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

यस्तै, ‌ओखलढुङ्गा वितरण केन्द्रको ओखलढुङ्गा फिडर अन्तर्गत पर्ने सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिका लगायतको क्षेत्रमा बुश कटिङ्ग तथा मर्मतको कामको लागि शनिबार विहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने भएको छ।

त्यसैगरी, ओखलढुङ्गा वितरण केन्द्रको पोखरे फिडर अन्तर्गत सिद्धिचरण नगरपालिका-१ तथा चिशखुगढी गाउँपालिका-१, २, ४ र ५ एरियामा बुश कटिङ्ग गर्नका लागि विहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म फिडर सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ।

दुई वटै वितरण केन्द्रले तोकेको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसमेत जनाएको छ।

असोज २०, २०८० शनिबार ०७:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।