एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको सुखद् सुरुवात

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको सुखद् सुरुवात

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद् सुरुवात गरेको छ।

२८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डलाई ४१ ओभरमा २०५ रनमा समेट्दै पाकिस्तानले ८१ रनको पहिलो खेल जितेको हो।

नेदरल्याण्ड्सका लागि बस दी लीडेले ६७ र विक्रमजित सिंहले ५२ रनको अर्धशतकीय पारी खेले। लोगान भान वीकले २८, रनको अविजित पारी खेल्दा कोलिन एकरमनले १७, साकिब जुल्फिकरले १० रन बनाए। बाँकी खेलाडीले दोहोरो अंमा रन जोड्न सकेनन्।

पाकिस्तानका हरिश रौफले तीन, हसन अलीले दुई तथा शाहीन शाह अफरिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक–एक विकेट लिए।

त्यसअघि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालमा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानको सुरुवात सुखद् हुन सकेन। उसले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनायो।

उसका महत्वपूर्ण तीन ब्याट्सम्यान जम्मा ३८ रन बनाएर आउट भए। त्यसपछि मोहम्मद रिजवान र साउद सकीलबीचको साझेदारीले टिमलाई उकास्यो। रिजवान र साउदले समान ६८–६८ रन जोड्दा फकर जमान १२, इमाम उल हकले १५ रन जोडे।

उता मोहम्मद नवाजले ३९, शादाब खानले ३२, हरिश रौफले १६ रन जोड्दा शाहीन शाह अफरिदीले अविजित १३ रन बनाएर खेले।

नेदरल्याण्ड्सका बस दी लीडेले चार, कोलिन अकरमले दुई तथा पल भन मीकेरेन, लोगान भान वीक र आर्यन दत्तले समान एक–एक विकेट लिए।

असोज १९, २०८० शुक्रबार २१:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।