सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई पाँच प्रतिशतसम्म क्यासब्याक

सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई पाँच प्रतिशतसम्म क्यासब्याक

काठमाडौं : सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ।

कात्तिक मसान्तसम्म लागू हुने योजनामा पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म पाउनेछन्।

यस्तै, विजुलीको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याको व्यवस्था गरेको छ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ। योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा क्यासब्याक प्रदान गरिनेछ।

सानिमा बैंककाे देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

असोज १९, २०८० शुक्रबार २०:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।