उकेरा टप फाइभ : लुम्बिनीको २६ अर्बको डरलाग्दो खाडलदेखि केटाबाट केटी बनेकी सन्ध्या लामाको अनुभवसम्म

उकेरा टप फाइभ : लुम्बिनीको २६ अर्बको डरलाग्दो खाडलदेखि केटाबाट केटी बनेकी सन्ध्या लामाको अनुभवसम्म

काठमाडौं : शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित बझाङ जिल्लाको भ्रमण गरे। भ्रमणका क्रममा उनले भूकम्प पीडितलाई अस्थायी आवास बनाउने ५० हजार रुपैयाँ दिने घोषणा गरे।

शुक्रबार नै प्रतिनिधि सभा बैठक बस्यो। बैठकमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो। बैठकको शून्य समयमा एमाले सांसद रघुजी पन्तले जनताले दशैं कसरी मनाउने सरकार भन्दै व्यंग कविता भन्दा माओवादी केन्द्रका सांसद लेखनाथ न्यौपानेले राजा शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे।

शुक्रबार बाटै एमाले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भयो। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा उनल सर्वसम्मतमा नै नेतृत्व चुन्न आग्रह गरे। साथीहरूको चित्त दुखाउँदैमा कोही ठूलो मान्छे नहुने भन्दै उनले यस्तो तर्क गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी पुनः निषेधाज्ञा ​र कर्फ्यू लगाएको विषयमा समाचार लेख्यो। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
पूरा समाचारः नेपालगञ्जमा प्रशासनले फेरि जारी गर्यो निषेधाज्ञा, कर्फ्यूको क्रम पनि जारी

 

बिहान उकेराले सांसदहरूको घरभाडा, घरमर्मत, औषधि उपचार, जम्बो सचिवालय अनि पदीय दुरूपयोग भइरहेका अस्वभाविक खर्चका कारण संघीयता बलियो हुनुको साटो झन् कमजोर बन्दै गएको समाचार लेख्यो। सवारी साधन खरिद अनि मर्मतका नाममा हुने अस्वभाविक खर्चले पनि प्रदेशहरू बदनाम भइरहेका छन्। त्यसबाट लुम्बिनी प्रदेश पनि अछुतो रहने कुरै भएन।
पूरा समाचारः लुम्बिनीको आन्दानी र खर्चबीच २६ अर्बको डरलाग्दो खाडल, संघीयताको औचित्यमाथि प्रश्नै–प्रश्न

दिउँसो उकेराले प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरूले अत्यावश्यकबाहेक काम बन्द गरेको समाचार लेख्यो। माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गरिरहेका उनीहरूले शुक्रबारदेखि पेनडाउन गरेका हुन्।
पूरा समाचारः कर्मचारीले गरे देशैभरका पालिकामा अनिश्चितकालीन ‘पेनडाउन’, निजामती विधेयक सच्याउन माग

दिउँसो उकेराले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने सम्भावना कम रहेको समाचार लेख्यो। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शनिबार विश्वासको मत लिने तयारी गरेका हुन्।
पूरा समाचारः कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना शून्य

साँझ उकेराले नियमित स्तम्भ मध्यमधार प्रस्तुत गर्यो। जहाँ तेस्रोलिंगी महिला सन्ध्या लामाले आफ्नो लिङ्ग परिवर्तन गर्दाका अनुभवहरू उकेरासँग साटेकी छन्। उनले लिङ्ग परिवर्तन गरेसँगै नागरिकता पाउनसमेत सकस भएको विषय उनको अनुभवमा समेटिएको छ।
पूरा समाचारः मध्यमधारः नागरिकतामा ‘महिला’ बनाउन जब डाक्टरले यौनाङ्ग हेरे सन्ध्यालाई नरमाइलो लाग्यो

असोज १९, २०८० शुक्रबार २१:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।