हारेपछि साथीको मन दुख्छ, सर्वसम्मत गर्नुस् : अध्यक्ष ओली

हारेपछि साथीको मन दुख्छ, सर्वसम्मत गर्नुस् : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा नगई सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन्।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएका हुन्।

कुरा मिलेन भने स्वस्थ प्रतिष्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरूमा भनेको भए पनि सञ्चारमाध्यमहरूले निर्देशन मात्र भनेको भन्दै गुनासो समेत गरे।

उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क गरे।

कसैको पनि मन नदुखाइकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाइ थियो।

उनले भने, ‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरो पाइने होइन। फेरि सबैले जित्ने होइन। एउटाले जित्छ। अर्काले हारेपछि मन पनि दुख्छ। सहमति गर्यो भने मन दुख्दैन। मन नदुखाइकन अगाडि बढ्ने काम सबभन्दा राम्रो हो नि त। किन मन दुखाउने?’

असोज १९, २०८० शुक्रबार १९:०६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।