भारतीय क्रिकेटर शुभमन गिललाई डेंगी, विश्वकपको पहिलो खेल गुमाउन सक्ने

एजेन्सी : भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान शुभमन् गिललाई डेंगी संक्रमण भएको छ।
विश्वकप तयारीका लागि चेन्नाई पुगेका उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
डेंगीको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ। डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने देखिएको छ।
उनको ठाउँमा अर्का ओपनर इशान किशानले ब्याटिङ गर्ने मौका पाउने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
असोज १९, २०८० शुक्रबार १६:२९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।