भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि  बझाङ पुगेका छन्। 

शुक्रबार बझाङ सदरमुकाम चैनपुर नजिकै भोपुर ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका छन्। 

प्रधानमन्त्री दाहालले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताएका हुन्। 

उनले भुकम्पबाट बढि प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

गत असोज मंगलबार दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो। 

२० जना बढि घाइते भएका थिए। एक बढि भौतिक संरचना भत्किएका थिए। 

असोज १९, २०८० शुक्रबार १५:१३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।