पाकिस्तानलाई चार विकेटले पराजित गर्दै अफगानिस्तानको पुरुष क्रिकेट टोली एसियाडको फाइनलमा

पाकिस्तानलाई चार विकेटले पराजित गर्दै अफगानिस्तानको पुरुष क्रिकेट टोली एसियाडको फाइनलमा

काठमाडौं : अफगानिस्तानको पुरुष क्रिकेट टोली चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को फाइनलमा प्रवेश गरेको छ।

हाङझाउमा ११६ रनको सामान्य लक्ष्य पाएको अफगानिस्तानले १७.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै फाइनल प्रवेश गर्यो।

उसका लागि नूर अली जद्रानले सर्वाधिक ३९ रन बनाए। त्यस्तै कप्तान गुलबदिन नायबले २६ रनको योगदान गरे। 

यसअधि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १८ ओभरमा आफना सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। 

उसका लागि ओमेर युसुफले सर्वाधिक २४ रन जोडेका थिए। त्यस्तै, कप्तान कासिम अकरमले ९ तथा  अराफात मिन्हासले १४ रनको योगदान दिएका थिए। 

अफगानिस्तानका लागि करिस अहमदले सर्वाधिक ३ तथा कैस अहमद तथा जाहिर खानले समान २/२ विटेक लिएका थिए। 

अफगानिस्तानले अब स्वर्ण पदकको लागि शनिबार भारतसँग भिड्नेछ।

असोज १९, २०८० शुक्रबार १४:५९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।