शिक्षा विधेयक संघीयता विरोधी छ : सिके राउत

शिक्षा विधेयक संघीयता विरोधी छ : सिके राउत
फाईल फोटो

काठमाडौं : जनमत पार्टीका सांसद डा. सिके राउतले ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीयता विरोधी भएको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै उनले निजामति सेवा स्थानीय तहमा भइरहेकोअवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु गलत भएको टिप्पणी गरे।

उनले भने, ‘लोकसेवा आयोग प्रदेशमा छ कमसेकम प्रदेशसम्म राख्नुपर्छ। जिल्ला शिक्षा कार्यालय ल्याउनु भनेको संघले नियन्त्रण गर्न खोजेको संघीयता विरोधी गतिविधिका रूपमा देखियो। त्यसलाई पनि खारेज गर्नुपर्छ।’

असोज १९, २०८० शुक्रबार १३:२९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।