संसदको रेकर्डबाट ‘राजा’ शब्द हटाउन माओवादी सांसद दाहालको माग

संसदको रेकर्डबाट ‘राजा’ शब्द हटाउन माओवादी सांसद दाहालको माग

 

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन्। 

आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलेका सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताए।

‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा। यो संघीय गणतन्त्रात्मक मुलुक हो। तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसद राजेन्द्र लिङदेनले राजावादी र राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो भन्दै प्रश्न गरेका थिए। 

सोही बिषयलाई लिएर सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन्।

असोज १९, २०८० शुक्रबार १२:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।