संसदमा रघुजी पन्तको कविता : जवाफ देउ सरकार, जनताको दसैं यसपाली कसरी टर्छ?

संसदमा रघुजी पन्तको कविता : जवाफ देउ सरकार, जनताको दसैं यसपाली कसरी टर्छ?

काठमाडौं : एमाले सांसद रघुजी पन्तले बजारमा कालो बजारी र महंगी बढेको भन्दै कविता मार्फत चिन्ता व्यक्त गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले एक बोरा चामलको मूल्य तीन हजार नाघेको भन्दै बजार भाउ सुन्दा जनताको होस हवास नै उड्ने गरेको बताए। 

जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य वस्तुको मूल्य बढेकोे भन्दै उनले कवितामार्फत् सरकारलाई दैनिक उपभोग्य वस्तुको मूल्य समायोजन गर्न माग गरे।

यस्तो छ उनले संसदमा सुनाएको कविता : 

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार 
रहर दाल किलोको दुई सय पचास
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैं गर्छ
गोलभेडाले के किन्लास् तैले भनेर आँखा तर्छ।
दसैंको पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान,नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दसैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दसैं यसपाली कसरी टर्छ?
मेरो प्रश्न-छ जवाफ देउ सरकार,जनताको दसैं यसपाली कसरी टर्छर?

असोज १९, २०८० शुक्रबार १२:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।