प्रधानमन्त्री प्रचण्डलाई रविको आग्रह : भूकम्प प्रभावितलाई निरास नबनाइदिनुहोला

प्रधानमन्त्री प्रचण्डलाई रविको आग्रह : भूकम्प प्रभावितलाई निरास नबनाइदिनुहोला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा हिँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भुकम्प प्रभावितलाई निरास नबनाउन आग्रह गरेका छन्। 

बझाङको चेनपुर केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्प र त्यसपछि गएका पराकम्पबाट भएको क्षतिको अवलोकन गर्न बझाङ पुगेका रबि लामिछानेले सामाजिक सञ्जालमा लेख्दै बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने बताएका छन्। 

उनले लेखेका छन्, ‘चिसो बढ्दो छ,ओढ्ने-ओछ्याउने आवश्यक छ। बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ।’ 

उनले स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई  प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेन्ट आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

लामिछानेले प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्री चढेको हेलिकोप्टरले चर्किएका घरहरु नभत्किउन् भन्दै सचेत समेत गराएका छन्। 

उनी अगाडी लेख्छन्,‘ प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकोप्टरको आवाजले चर्किएका  घरहरु नभत्किउन्, हेलीकोप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला।’

सभापति लामिछेले प्रभावितलाई अब क्रमशः अरु समस्याले पिरोल्ने बताउँदै भत्किएका र चर्किएका घरका सदस्यहरुलाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने बताए।

असोज १९, २०८० शुक्रबार ११:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।