भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ गए

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ गए
फाईल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्।  

नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्धी प्रचण्ड केही समयअघि बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बझाङ पुगेर उनले गत मंगलबार गएको भूकम्पले क्षति पु्र्याएको क्षेत्रको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। 

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्याएको छ।
 

असोज १९, २०८० शुक्रबार ११:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।