आइतबारसम्म भारी वर्षाको सम्भावना न्यून, यस्तो छ आजको मौसम

आइतबारसम्म भारी वर्षाको सम्भावना न्यून, यस्तो छ आजको मौसम

काठमाडौं : भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना देखिएको छैन।

असोज १९, २०८० शुक्रबार ०७:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।