उकेरा टप फाइभ : नेपाल एयरलाइन्सबारे उड्ययन प्राधिकरणको गलत दाबीदेखि डाक्टर कृष्णहरि बरालको हिजोका कुरा

उकेरा टप फाइभ : नेपाल एयरलाइन्सबारे उड्ययन प्राधिकरणको गलत दाबीदेखि डाक्टर कृष्णहरि बरालको हिजोका कुरा

काठमाडौं : बिहीबार प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा सांसदहरूले समसामयिक विषयमा आ–आफ्ना धारणा राखे। सहभागीमध्ये केही प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट पाएको विषयमा प्रश्न उठाए भने केहीले अन्य समसामयिक विषयमा बोले।

एसियाली खेलकुदमा सहभागी गएर क्वाटरफाइनलमा पुगेको नेपाली राष्ट्रिय टोली नेपाल फर्कियो। त्यस क्रममा नेपाली खेलाडीहरूलाई क्यानले स्वागत गरेको थियो। नेपाल आएपछि करण केसीले ब्याट भाचिएको विषयमा प्रष्टिकरण दिए भने कप्तान रोहित पौडेलले त्यहाँको अनुभवबारे कुरा गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पर्खालभित्र पर्ने जग्गा आफ्नो नाममा दर्ता गराएका पर्वतराज कान्त मिश्रले ३१ वर्षको उमेरमा नेपाली नागरिकता लिएको खुलेको समाचार लेख्यो।
पूरा समाचारः विमानस्थलको जग्गा आफ्नो नाममा गराएका मिश्रः ३१ वर्षमा लिए नेपाली नागरिकता, भारतीय नागरिक भनेर स्थानीयले गरेका थिए विरोध

बिहान उकेराले नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ सेवा) सेवा शुल्क अन्यको तुलनामा चर्को भएको भनेर गरेको दाबी झुठो भएको पाइएको समाचार लेख्यो।
पूरा समाचारः नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ शुल्क अन्यको तुलनामा धेरै भएको उड्डयन प्राधिकरणको दाबी गलत

दिउँसो उकेराले त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका भनिएका नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क हेटौंडा शाखाका प्रमुख नीराजन देवकोटाको नक्कली सुसाइड नोटले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी हैरान देखिएको समाचार प्रकाशित गर्यो।
पूरा समाचारः त्रिशूलीमा हाम फालेका भनिएका इन्भेष्टमेण्टका म्यानेजरको सुसाइड नोटको हल्लाले प्रहरी हैरान

साँझपख उकेराले सर्वोच्च अदालतले गुण्डा नाइके योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको समाचार लेख्यो।
पूरा समाचारः सर्वोच्चले सरकारसँग माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण

साँझ उकेराले नियमित स्तम्भ हिजोका कुरा संगीतकार तथा प्राध्यापक डाक्टर कृष्णहरि बरालको अनुभव समेट्यो। जसमा उनले आफ्नो बाल्यकालदेखिको पुराना कुरा स्मरण गरे।
पूरा समाचारः सुब्बाबाट कृष्णहरि बनेका डाक्टर बरालका हिजोका कुराः लोकबहादुरको भजन सुनेर मात्र राजा वीरेन्द्र काठमाडौं फर्किए

असोज १८, २०८० बिहीबार २२:३४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।