दुई जनाको मृत्यु भएपछि थाइल्याण्डले बन्दुक नियन्त्रण नीतिलाई थप कडा बनाउने

दुई जनाको मृत्यु भएपछि थाइल्याण्डले बन्दुक नियन्त्रण नीतिलाई थप कडा बनाउने

एजेन्सी : थाइल्याण्डले बन्दूक र बन्दूकको अनुकरण गरी बनाइने हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका छन्।

बैङ्ककको एक व्यापारिक केन्द्र (सपिङ मल)मा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका हुन्।

थाइल्याण्डका उपप्रधानमन्त्री अनुटिन चार्नभिराकुलले अवैध हातहतियारमाथि कडा निगरानी गर्ने र बन्दूकको अनुकरण गरी बन्ने हतियार नियन्त्रणका लागि कडा नियमसहित हतियार राख्ने, बोक्ने र प्रयोगमा प्रतिबन्ध लगाउने उपायहरू सरकारले लागू गर्ने बताएका छन्।

खाली बन्दूक, छर्रा बन्दूक र ‘एअरगन’हरू घातक हतियारहरूमा परिमार्जन गर्न सकिने भएकोले यस्ता हतियार राख्नका लागि प्रशासनको अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्दछ।

उनले सम्बन्धित एजेन्सीहरूसँगको बैठकपछि पत्रकारसँग भने, ‘अधिकारीहरूले हतियारको अवैध रूपमा आयात र अनलाइन बिक्री गर्नेहरूलाई कडा निगरानी पनि गर्नेछन्।’

सुटिङ खेलका लागि दर्ता भएका बन्दुक सुटिङ शिविरमा मात्र राख्नुपर्ने र सुटिङ गतिविधिमा भाग लिनेलाई उमेरको प्रतिबन्ध लगाइने उनले बताए।

असोज १८, २०८० बिहीबार २१:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।