क्यानको टिकेटिङ अधिकार ‘आइएमई पे’लाई, कतिमा भयो सम्झौता?

क्यानको टिकेटिङ अधिकार ‘आइएमई पे’लाई, कतिमा भयो सम्झौता?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले टिकेटिङ अधिकार आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)लाई बेचेको छ।

काठमाडौंमा एक कार्यक्रमका बीच क्यानले आगमी दुई वर्षको लागि आइएमई पे लाई उक्त अधिकार बेचेको हो।

आइएमई पेले उक्त अधिकार दुई वर्षको लागि डेढ करोड रुपैयाँमा किनेको हो। यसबापत क्यानले वार्षिक ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

क्यानका सचिव पारस खड्का र आईएमईका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सम्झौता पत्रका हस्ताक्षर गर्दै एकअर्कामा आदन प्रदान गरेका थिए।

सम्झौता अनुरूप आई एम ईले दुई वर्षको समय अवधिका लागि क्यानले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा काम गर्नेछ।

नेपालमा हरेक वर्षमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य भएको क्यानका सचिव पारस खड्काले बताएका छन्।

क्यानले टिकट मूल्यबाट बिक्री हुने कुल पैसाको ८७.५ प्रतिशत रकम पाउनेछ। आइएमई पे ले १२.५ प्रतिशत टिकटको मूल्य आफूसँग राख्नेछ।

यसका साथै आइएमई पे ले क्रिकेटर सोमपाल कामी र करण केसी एक वर्षको लागि  ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। कम्पनीले उनीहरूलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ दिनेछ।

असोज १८, २०८० बिहीबार २०:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।