पर्यटनमन्त्रीको निर्देशनमा जुम्ला उड्यो जहाज, ताप्लेजुङ र फाप्लुका यात्रु अलपत्र

पर्यटनमन्त्रीको निर्देशनमा जुम्ला उड्यो जहाज, ताप्लेजुङ र फाप्लुका यात्रु अलपत्र

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल एयरलाइन्सको जहाज जुम्ला उडेपछि ताप्लेजुङ र फाप्लुका यात्रु अलपत्र परेका छन्।

जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भई उपचारको पर्खाइमा रहेका एक बिरामीलाई थप उपचारका लागि नेपालगञ्ज लैजानुपर्ने भन्दै पर्यटन मन्त्रीले निर्देशन दिएपछि नेपाल एयरलाइन्सको आर.ए. १२९ र आर.ए ११७ को क्रमशः ताप्लेजुङ र फाप्लुको उडान रद्द भएको थियो।

खराब मौसमको कारण विगत केही दिनदेखि उडान नभएकोले बिरामीको उद्धार हुन नसकेको नेपाल वायु सेवा निगमले विज्ञप्तिमार्फत जनाएको छ।

उक्त उडानहरू शुक्रबार विहान नियमित समयमा हुने र त्यसको जानकारी सम्बन्धित यात्रुलाई टेलिफोनमार्फत जानकारी दिइएको निगमद्वाराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

असोज १८, २०८० बिहीबार २०:१८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।