पाँच सय जरिवाना तिरेर छुटे ‘हत्या गरे जिम्मा लिन्छु’ भन्ने आचार्य श्रीनिवास

पाँच सय जरिवाना तिरेर छुटे ‘हत्या गरे जिम्मा लिन्छु’ भन्ने आचार्य श्रीनिवास

काठमाडौं :  ‘हत्या गरे जिम्मा लिन्छु’ भन्ने उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पाँच सय रुपैयाँ जरिवना तिरेर रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो।

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रूपमा विरोध भएको थियो।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो।

बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो।

असोज १८, २०८० बिहीबार १९:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।