मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना १२ बर्षीय बालकको मृत्यु भएको छ। 

बिहीबार बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय सुरज मगरको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।  त्यहाँ पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

प्रहरीका अनुसार मोटरसाइकलले बालकलाई ठक्कर दिएर भागेको छ। प्रत्यक्षदर्शीले ती बालकलाई मोटरसाइकलले ठक्कर दिएको बयानको आधारमा अनुसन्धान अघि बढाएको छ। 

असोज १८, २०८० बिहीबार १६:०९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।