११ अङ्कले घट्यो नेप्से, एक अर्ब १० करोड रुपैयाँको कारेबार
काठमाडौं : शेयर बजार परिसुचक नेप्से आज बिहीवार दोहोरो अङ्कले घटेको छ।
नेप्से आज ११ दशमलव शून्य चार अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ९२ विन्दुमा झरेर बन्द भएको हो।
यसदिन म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ।
सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झन्डै १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ।
आज ३५ लाख ६२ हजार कित्ता शेयर एक अर्ब १० करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन्।
असोज १८, २०८० बिहीबार १५:३५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।