साढे ४ करोड रकम हिनामिना गरेको आरेपमा देउराली सहकारीका सञ्चालक चौलागाईं पक्राउ

साढे ४ करोड रकम हिनामिना गरेको आरेपमा देउराली सहकारीका सञ्चालक चौलागाईं पक्राउ

काठमाडौं : बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारीका सञ्चालक अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले   पक्राउ गरेको छ।

चौलागाईंले सहकारीमा आवद्ध बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ हिनामिना गरेको सीआईबीले जनाएको छ। 

उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका सीआईबीले जनाएको हो।

ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन्। 

बचतकर्ताले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लामो समयदेखि आग्रह गरे पनि निक्षेप तथा ब्याज रकम उपलब्ध गराइदिनेतर्फ कुनै पहल नभएको पाइएको सीआईबीले जनाएको छ।

चौलागाईं लगायतले बचतकर्ताको अहिलेसम्मको प्राप्त जाहेरीअनुसार चार करोड ४९ लाख ९९ सय हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको प्रहरीले जनाएको छ। 

असोज १८, २०८० बिहीबार १५:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।