३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ

३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको ३ सय २० ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्। हिमालयन एयरको उडानद्वारा उनीहरू दुबईबाट काठमाडौं आएका थिए।

अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्दा २ सय २० ग्राम तौल भएको सुनकाे बाला १ थान तथा सिक्री १ थानसहित पक्राउ परेका हुन्।

यस्तै जबेरीलाई आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा १ सय ग्राम तौल भएको सुनकाे बाला १ थानसहित फेला पारिएको थियो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ।

असोज १८, २०८० बिहीबार १४:३५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।