भारती शेर्पाको रिट निवेदनमा सुनुवाइ जारी

भारती शेर्पाको  रिट निवेदनमा सुनुवाइ जारी

काठमाडौं : नेपालगन्जमा खुँडा प्रहार गरि व्याक्ति हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले  सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ जारी छ।  

उक्त रिट निवेदनमाथिको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा भइरहेको छ। 

रिगलले २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए।

त्यही अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो। तर,राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा उनको भुक्तान हुन बाँकी कैद मिनाहा गरेका थिए।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध भारतीले सर्वोच्चमा रिट निवेदन  दिएकी थिइन्।
 

असोज १८, २०८० बिहीबार १३:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।