एसियाडमा सोचेजस्तो नतिजा आएन ः कप्तान पौडेल
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले प्रतियोगितामा १९औं एसियाली खेलकुद (एसियाड) मा सोचेजस्तो नतिजा नआएको बताएका छन्।
एसियाडमा सहभागी भएर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भारतसँगको अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएको कारण भारतसँग २३ रनको हार व्यहोर्नुपरेको बताए।
विश्व रेकर्ड बन्दा भने टिम धेरै नै खुसी भएको उनको भनाई थियो।
‘समग्रमा भन्नुपर्दा एसियन गेम्सको हाम्रो अनुभव राम्रो भयो। सोचेजस्तो नतिजा आएन। तर, विश्व रेकर्ड बन्दा हामि सबै खुसि छौँ, धेरै सकरात्मक कुराहरु रहे जसरी दीपेन्द्र र कुशलले ब्याटिङ गरे त्यो निकै राम्रो पक्ष हो।’ उनले भने।
आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए। टि २० विश्वकप छनोट नेपालका लागि फाइनल सरह हुने समेत उनको भनाई थियो।
असोज १८, २०८० बिहीबार १३:११:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।