दार्चुलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

दार्चुलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

बैतडी : दार्चुलामा ब्रेक फेल भएर मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

बिहीबार बिहान करिब ११ बजे जिल्ला सदरमुकाम खलंगाबाट दुँहु तर्फ गइरहेकोसे १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना दुँहु गाउँपालिका–३ ब्रह्मदेबका ४० वर्षीय करन सिंह बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

ट्रकमा ओभर लोड भएकाले ब्रेक फेल भएर तिंकर सडकखण्ड अन्तर्गत दुँहु गाउँपालिका ३ राताकाठा भिरमा खसेको उनले बताए। 

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 

असोज १८, २०८० बिहीबार १२:४०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।