बिरामी अवस्थामै अनसन बस्न माइतीघर पुगिन् भारती

बिरामी अवस्थामै अनसन बस्न माइतीघर पुगिन् भारती

काठमाडौं : श्रीमान्‌को हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तारेख बुझ्न जाँदा सर्वोच्च परिसरमै ढलेकी भारती मानन्धर उपचारपछि फेरि अनसन बस्न माइतीघर पुगेकी छन्।

वुधबार माइतीघर मण्डलामा दुई घण्टा अनसन बसेर तारेख बुझ्न सर्वोच्च पुगेकी उनी एक्कासी बेहोस भएर ढलेपछि विर अस्पताल लगिएको थियो। 

पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती तारिख लिएर फर्किने क्रममा ढले पनि उपचार पछि फेरि विरामी अवस्थामै अनसनमै फर्किएकी हुन्।

खुँडा प्रहार गरि व्याक्ति हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ। 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो।

रिगलले २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए।

त्यही अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो। 

तर,राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा उनको भुक्तान हुन बाँकी कैद मिनाहा गरेका थिए।

असोज १८, २०८० बिहीबार १२:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।