प्रचण्डलाई भेटेर माओवादीमा प्रवेश गरे एमालेका पूर्वसभासद् सहितका लुम्बिनीका नेता

प्रचण्डलाई भेटेर माओवादीमा प्रवेश गरे एमालेका पूर्वसभासद् सहितका लुम्बिनीका नेता

काठमाडौं :एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन सहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

हरिजन २०७० सालको संविधानसभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन्।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे।

असोज १८, २०८० बिहीबार ११:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।