रियलमीको सी ५१ र सी ५३ बजारमा

रियलमीको सी ५१ र सी ५३ बजारमा

काठमाडौं : रियलमीले दुई नयाँ स्मार्टफोन रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको छ। 

रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०५ सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ। ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सी ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ। 

१२८ जिबीको स्टोरेज भएको यस रियलमी सी ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ। ४ जिबीको बिल्ट-इन र्यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ। 

५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ।रियलमी सी ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ।

आकर्षक १७।१३ सिएम ९६।७४ इन्च० ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ। प्रशस्त स्टोरेज र आकर्षक डिस्प्लेयुक्त  सी ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ।

त्यस्तै रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ। यसमा १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरि फोन चलाउँदा पनि समस्या हुँदैन। यसमा १७.१३ सेन्टिमिटर ९६.७४ इन्च ९  हर्जको डिस्प्ले रहेको छ।

अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ।

रियलमी सी ५१ दुई कलर मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सी ५३ गोल्ड  र ब्ल्याक कलरमा उपलब्ध छ।

रियलमी सी ५१ जिबी ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य  १५,९९९ रहेको छ। त्यस्तै, रियलमी सी ५३ ४ जिबी १२८ जिबी भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७,९९९ रहेको छ।

असोज १८, २०८० बिहीबार ११:४१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।