बझाङ भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

बझाङ भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङको चैनपुर  केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित र प्रभावित परिवारलाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। 

बिहीबार बिहान बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन्।

बैठकमा उनले  हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद समेत दिएका छन्। 

उनले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए।

प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता पनि व्यक्त गरे।

असोज १८, २०८० बिहीबार ११:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।