एमबाप्पे सहितको ​​​​​​​पीएसजीलाई च्याम्पियन्स लिगमा न्युक्यासलले हान्यो ४ गोल

एमबाप्पे सहितको ​​​​​​​पीएसजीलाई च्याम्पियन्स लिगमा न्युक्यासलले हान्यो ४ गोल

एजेन्सी : फ्रेन्च क्लब पीएसजीले युरोपियन च्याम्पियन्स लिगमा नमीठो हार बेहोरेको छ। गए राति भएको खेलमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडले पीएसजीलाई ४–१ ले हरायो।

२० वर्षपछि घरेलु मैदानमा च्याम्पियन्स लिग खेलिरहेको न्युक्यासलले सानदार जित दर्ता गरायो। घरेलु टोलीले पहिलो हाफमा नै २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

यो जितपछि २ खेलमा ४ अंकसहित न्युक्यासल ग्रुप एफको शीर्षस्थानमा छ भने ३ अंक रहेको पीएसजी दोस्रो स्थानमा छ

असोज १८, २०८० बिहीबार ११:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।