आजदेखि मौसममा क्रमिक सुधार, अब भारी वर्षाको सम्भावना छैन

आजदेखि मौसममा क्रमिक सुधार, अब भारी वर्षाको सम्भावना छैन

काठमाडौं : विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ।
     
जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए।

‘मौसम विस्तारै सुधार हुँदै गएको छ। देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि बिस्तारै कमजोर हुने देखिन्छ। भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ,’ उनले भने।
     
झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ। अन्य भेगमा सामान्यतया मौसम सफा छ। अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना छैन।

असोज १८, २०८० बिहीबार १०:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।