च्याम्पियन्स लिग : म्यानचेस्टर सिटिको लगातार दोस्रो जित
एजेन्सी : युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटिले लगातार दोस्रो जित हात पारेको छ। इंग्लिस प्रिमियर लिग क्लब सिटिले बुधबार राति भएको खेलमा आरबी लिपजिकलाई ३–१ गोलले हरायो।
लिपजिकको घरेलु मैदानमा साबिक विजेता सिटिका लागि खेलको २५ औं मिनेटमा फिलिप फोडेनले अग्रता दिलाए। यसपछि दोस्रो हाफको सुरुवातमै ओपेन्डाले घरेलु टिमका लागि बराबरी गोल फर्काए।
तर खेल सकिन ६ मिनेट बाँकी छँदा जुलियन अल्भारेजले गोल गर्दै पुनः सिटिको अग्रता कायम गरेका थिए। यसपछि डोकुले खेलको अतिरिक्त समयमा गोल गर्दै सिटिको ३-१ को जित पक्का गरे।
यो जितपछि सिटि दुई खेलबाट ६ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ।
असोज १८, २०८० बिहीबार ०७:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।