मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

महोत्तरी : सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आज (बिहीबार) देखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा खा’ (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो।

व्रत बस्नुअघि आजको दिन व्रतालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्ने छन्।

असोज १८, २०८० बिहीबार ०७:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।