एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली  टोलीको घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली  टोलीको घोषणा
फाईल फोटो

काठमाडौं : आउँदो अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधवार देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको हो।प्रतियोगिताका शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ।

नेपाल समूह ’ए’ मा छ रहेको छ। यो समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन्। 

नेपालको टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा।​​​​​​​

वैकल्पिक खेलाडी : प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव।

असोज १७, २०८० बुधबार १६:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।