कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने
फाईल फोटो

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार विश्वासको मत लिने भएका छन्। 

सर्वोच्च अदालतको परमादेशपछि गत भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु भएको हो।

असोज २० गते शनिवार विश्वासको मत लिने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। 

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा रहेको छ। 

असोज १७, २०८० बुधबार १६:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।