शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुट्यो

शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुट्यो
फाईल फोटो

गोरखा : गोरखामा शिक्षकको कुटाइबाट एक विद्यार्थीको श्रवण क्षमता गुमेको छ। 

सिरानचोक गाउपालिका–३ हर्मीस्थित श्री महेन्द्र लिला माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको बताइएको छ। 

साथि साथिबीच झगडा हुँदा छुट्याउने क्रममा शिक्षकले पिटेको परिवारको दावी छ। 

बुधबार त्यस्तो घटना भएछ रातभरी कान दुख्यो भनेर नसुतेको र उपचार गराउन अस्पताल लग्दा चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको प्रमाणित भएको उनको भनाई छ। 

विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ। 

गता शिक्षक पोखरेल आफूहरुले छुट्टयाउने काम मात्र गरेको दाबी गरेका छन्। । विद्यालयमा घटना भएकाले आफूहरु जवाफदेही रहनुपर्नेे प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए। 

असोज १७, २०८० बुधबार १५:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।